मतगणनाको बिचैमा मुख्य निर्वाचन अधिकृतले किन दिए राजीनामा ? - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

मतगणनाको बिचैमा मुख्य निर्वाचन अधिकृतले किन दिए राजीनामा ?



उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिनुपरेको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

जिल्लाको ९८ मतदान केन्द्रको मतगणना कार्यहरु बाँकी रहेको र जिल्लाकै त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी मतदान केन्द्रमा शुक्रबार मतदान अधिकृतको लापरबाहीका कारण दुई हजार मतदाता मतदान गर्नबाट वञ्चित रहेपछि सो मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने राजनीतिक दलहरुको माग उठिरहेको बेला मुख्य निर्वाचन अधिकृत खनालले राजीनामा दिएको बताए ।

जिल्लाको आठ पालिकामध्ये अहिले पनि त्रियुगा नगरपालिका, कटारी नगरपालिकासहित धेरै स्थानमा मतगणना नै सुरु भएको छैन भने त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी स्कुल मतदान केन्द्रमा निर्वाचन नै पुनः हुनसकेको बेला मुख्य निर्वाचन अधिकृतको राजीनामा आएको हो । रासस