मुद्दा दर्ता, पाँच वर्ष जेल र ५० हजार जरिवाना मागियो - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

मुद्दा दर्ता, पाँच वर्ष जेल र ५० हजार जरिवाना मागियो



काठमाडौं – चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको छ ।

तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत ३० साउनमा पक्राउ परेका रविसहित तीनै जनालाई दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गराएको हो ।

प्रहरी अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको छ । पुडासैनीले आत्महत्या गर्नुमा पर्याप्त प्रमाण भेटिएकाले मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

मुद्दा भएकाले अव थुनछेक बयान लिइनेछ । बयानपछि थुनामै राखेर मुद्दा चलाउने, धरौटी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदालतले आवश्यक निर्णय लिनेछ ।

गत २० साउनमा पत्रकार पुडासैनी आत्महत्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।