'एमआरआर' ग्रुपलाई फेसबुकले गर्यो कारबाही - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

‘एमआरआर’ ग्रुपलाई फेसबुकले गर्यो कारबाही



सामुदायीक मापदण्ड उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले एमआरआर ग्रुपलाई निस्क्रिय पारेको छ। निर्वाचन लक्षित पोष्ट गरिरहेको उक्त ग्रुपलाई मेटाले निष्क्रिय पारेको हो र

फेसबुकले आगामी दिनमा ग्रुपका एडमिनले मापदण्ड उल्लंघन हुने किसिमका पोस्ट गर्ने वा त्यस्ता पोस्ट एप्रुभ गरेको अवस्थामा ग्रुपमाथि नै प्रतिबन्ध लगाइने चेतावनी समेत दिएको छ।

यद्यपि एडमिन समूहले भने कुन पोस्ट वा कमेन्टको कारण ग्रुपलाई निस्क्रिय पारिएको जानकारी नदिएको बताएको छ। यसअघि नै कारबाहीमा परेकाले यस विषयमा आफूहरु सचेत रहँदै आएको र त्यस्तो कुनै पनि पोस्ट ग्रुपमा नराखिएको एडमिन समूहको दाबी छ।

पटक पटक फेसबुकको कारबाहीमा पर्नु र फेसबुकले आफूहरुले पुनरवलोकनको लागि गरेको आग्रह बेवास्ता गर्नु दुःखद् भएको बताउँदै यसपटकको निर्णय पनि पुनरवलोकनको लागि आग्रह गरेको बताएका छन्।