समीक्षाको मिर्गौला निकालियो: अब प्रत्यारोपणको तयारी हुँदै - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

समीक्षाको मिर्गौला निकालियो: अब प्रत्यारोपणको तयारी हुँदै



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र उनकी भान्जी समिक्षा सङ्ग्रौलालाई अप्रेसन थियटरमा केहि बेर अघि लागिएको थियो ।

प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न समीक्षाको एउटा मिर्गौला निकालि सकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, केहीवेर अघि समीक्षाको एउटा मिर्गौला निकालिएको हो। मिर्गौला निकालेपछि उनलाई अरेसन वार्डबाट पोस्ट अपरेटिभ वार्डमा सारिएको छ।

अब प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिनेछ। उनलाई बिहान १० बजे अपरेसन वार्डमा लगिएको थियो।

चिकित्सकहरूका अनुसार, प्रत्यारोपण गर्न करिब पाँच घन्टा लाग्नेछ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ।

ब्याकअपका लागि सिंगापुर र भारतबाट पनि चिकित्सक आएका छन्।

मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो।

ओली मिर्गौला प्रत्यारोपणको लागि यही शोमबार अस्पताल भर्ना भएका थिए।