बालबालिकालाई भारत लगेर झिकियो मिर्गौला, ५ जना पक्राउ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बालबालिकालाई भारत लगेर झिकियो मिर्गौला, ५ जना पक्राउ



काठमाडौं–काठमाडौंका सडक बालबालिकाको मिर्गौला झिकेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।

विभिन्न प्रलोभन देखाएर गिरोहको एउटा समूहले भारत लगेर मिर्गौला झिक्ने गरेको पत्रकार सम्मलेनमार्फत जानकारी दिइएको छ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।