राष्ट्रपति निवासमा पालेको मृगले आक्रमण गर्दा एक सैनिकको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

राष्ट्रपति निवासमा पालेको मृगले आक्रमण गर्दा एक सैनिकको मृत्यु



काठमाडौं- पाराग्वेको राष्ट्रपति निवासमा कार्यरत एक सैनिकको मृगको आक्रमणमा परेर ज्यान गएको छ।

भिक्टर आइज्यासी नामक ४२ वर्षीय सैनिकको मृत्यु मृगको सिङले छेडेर लागेको चोटका कारण भएको त्यहाँको सेनाले जनाएको छ।

उक्त मृग त्यहाँको रैथाने हैन। राजधानी आसुनस्याननजिकै रहेको राष्ट्रपति निवासका लागि उक्त मृग बाहिरबाट उपहारमा आएको थियो।

सेनाका एक प्रवक्ताले मृगलाई मानिसहरूसँग भेट नहुनेगरी प्रायः अन्य जङ्गली जनावरसँग अलग्गै राखिने गरेको थियो। तर सीसीटीभीमा ती सैनिक मृगनजिकै पुगेको क्षणको दृश्य खिचेको छ। सैन्य अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो।

मङ्गलवार बिहान सो घटना हुँदा आइज्यासी त्यहाँ नियमित गस्तीका लागि गएका थिए। स्थानीय सञ्चारमाध्यमलाई अधिकारीहरूले बताएअनुसार त्यो भारतबाट ल्याइएको चित्तल थियो।

दश हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रपति निवासको उद्यानमा विभिन्न जनावरहरू छन्।