मिष्टर एण्ड मिस एसइइ सुरु, पहिलो अडिसनमा १३ जना छनोट - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

मिष्टर एण्ड मिस एसइइ सुरु, पहिलो अडिसनमा १३ जना छनोट



बुटवल । प्रदेश नं. ५ वाट एसइइ परिक्षा दिएकाहरुलाइ लक्षित गरि आयोजना गरिएको मिष्टर एण्ड मिस एसइइ प्रदेश नं. ५ को पहिलो अडिसन सकिएको छ ।

मञ्जरी ग्रुपको आयोजना गेटवे एजुकेशनको प्रस्तुती रहेको यस प्रतियोगितामा २१ जना एसइइ विद्यार्थीले पहिलो अडिसन दिएका छन । अडिसनवाट १३ जना विद्यार्थी छनोटमा परेका छन । एसइइ पछिको खालि समयलाइ लक्षित गरि सो प्रतियोगिता आयोजना गरिएको आयोजक मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताए ।

प्रतियोगितामा मिष्टर जनजाती नेपाल सेकेण्ड रनर अप प्रविन कुमाल, मिस भैरहवा फष्ट रनर अप मोनिका घिमिरे, फेशन डिजाइनर दुर्गा थापा, मिस पिस लुम्विनी सेकेण्ड रनर अप रिता गुरुङ्ग,मिष्टर भैरहवा सेकेण्ड रनर अप सगुन सापकोटा निर्णायक रहेका थिए ।

पहिलो चरणको अडिसन वाट नविन राना, सिम्रन पराजुली,आयुष ज्ञवाली , बेलिना थापा मगर, विवेक खनाल, भावना पेनि,अस्मि गुरुङ्ग,खुशि पुन,निशा कुवर,युनिशा श्रेष्ठ,निशा गाहा,रेश्मि श्रेष्ठ,नमुना पंगेनि छनोटमा परेका हुन । यस पछि अन्य २ चरणमा अडिसन हुने आयोजकको बताए ।

यस बर्षको उपाधि विजेताले एक थान ल्यापटप प्राप्त गर्नेछन । फष्ट रनर अप ले स्मार्ट फोन र सेकेण्ड रनर अपले नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिताको लागी जम्मा ५ हजार ५ सय रुपैया लाग्नेछ ।