मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ हुने



चितवन-
कर्मा इभेन्ट चितवनले युवा विद्यार्थीलाई लक्षित गर्दैै मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ आयोजना गर्ने भएको छ ।

आयोजक संस्था कर्माका संचालक दिपेन्द्र क्षेत्रीका अनुसार एसईइ र प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुको क्षमता, व्यक्तित्व र आत्मविश्वास बृद्धि तथा नैतिक क्षमता अभिबृद्वीका लागि मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ गर्न लागिएको हो । जेठ १४ गते क्षेत्रपुरको सनसिटी होटल एण्ड व्यान्क्वेटमा अडिस हुने क्षत्रीले जानकारी गराएका छन् ।

इभेन्ट म्यानेजमेन्टको काम गर्दै आइरहेको कर्माले यो दोस्रो पटक मिस्टर एण्ड मिस कलेज प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

१६ देखी २६ बर्ष उमेर समुहका २५ जना युवा युवतीलाई यस प्रतियोगितामा सामेल गराइने कार्यक्रम संयोजक उमित श्रेष्ठले बताए । उनले प्रतियोगिताको विजयी हुनेलाई नगद ३५ हजार र विभिन्न उपहार प्रदान गरिने जानकारी दिए । त्यस्तै फष्ट रनरअपलाई नगद २० हजार र अन्य पुरस्कार तथा सेकेण्ड रनरअपलाई नगद १५ हजार सहित पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिताका विजयीलाई राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता गराइने आयोजकले जनाएको छ ।