चलचित्र ‘मालिका’को गीतको छायांकन दरबारमा - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

चलचित्र ‘मालिका’को गीतको छायांकन दरबारमा



अभिनेत्री रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ को छायांकन जाजरकोट दरबारमा गरिएको छ ।अहिले जाजरकोट दरबारमा चलचित्रको गीतको छायांकन भै रहेको छ ।

‘छोरीकालागि स्वर्णिम महाअभियान’ को विषयवस्तु समेटिएको ‘मालिका’मा जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य वनाएर दुइ सय ४८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा गीत छायांकन गरिएको हो । जाजरकोट र गोरखा राज्यको सम्वन्ध तथा नेपाल एकिकरणको सन्दर्भ झल्काउने ऐतिहासिक जाजरकोट दरबारमा चलचित्रको छायांकनले यसको प्रचार–प्रसारमा ठुलो सहयोग पुग्ने स्थानीय माधवकुमार कार्कीले वताए । उनले प्रचारको अभावमा जाजरकोट दरबार जिर्ण भएर ओझेल परेको वताए ।

चलचित्र सुटिंगको लागि जाजरकोटका सवै ठाउँहरु निकै सुन्दर उपयुक्त भएको भन्दै नायिका रेखा थापाले भनिन्–‘जिल्लाको ऐतिहासिक एवं कलात्मक चिनारी वोकेको जाजरकोट दरबारलाई दुनिया सामु चिनाउन गीतको सुटिङ्ग दरवारमै गरिएको हो ।’ जाजरकोट दरबार जाजरकोटीको मात्र नभई देशकै सम्प्दा भएकोले यसको प्रचार–प्रसार र संरक्षण सवै तहवाट हुनुपर्ने उनले वताइन् । जाजरकोटका ऐतिहासिक दरवार, मठमन्दिर, नदी, हरिया पहाड, हिमसृंखला देखिने दृस्यहरु, पाटन चौरहरु चलचित्र छायांकन लागि निकै उर्वर रहेको रेखाको भनाइ छ ।गीतमा नूत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ । चलचित्रमा सवै नेपाली जनता र भुगोललाई जोड्ने किसिमका गीत र दृश्यहरु समेटिने निर्माता नरवहादुर कार्कीले वताए । उनले पहिलो पटक ननएक्टर बालिकालाई फिल्मको मुख्य पात्र बनाएर चलचित्र छायांकन गरिएको वताए ।’‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

जाजरकोटकी कमला वलीलाई मालिका चलचित्रको मुख्य भुमिकामा देखाउन लागिएको र उनको भुमिका महिला हिंसा र बालबिवाह विरुद्ध हुने निर्माता कार्कीले वताए । यस वर्षको एसइई परीक्षा दिएकी भेरी नगरपालिका–१ कालेगाउँकी कमला वली नै ‘मालिका’ फिल्मको मुख्य पात्र भएको उनले वताए ।