चलचित्र ‘चि मुसी चि’को पहिलो गीत रिलिज - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चलचित्र ‘चि मुसी चि’को पहिलो गीत रिलिज



निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘चि मुसी चि’को पहिलो गीत सार्वजनिक भएको छ ।आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । सार्वजनिक उक्त गीतमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् भने ‘तिमीले माग्छौ भने’मा सुनिल र अलिशाको केमेष्ट्री निकै गज्जबा देखिएको छ ।

सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर समावेश गरिएको छ । उक्त गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयंले गरेका हुन्।

म्यूजिकल थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् । सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको सिनेमाअटोग्राफी र सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ।

आगामी श्रावण ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवा लगयतका कलाकारहरुको अभिनय रहेको छ ।