मुभ अन फोटो भिडियोद्वारा बुटवलमा विभिन्न कलाकारहरूलाई सम्मान - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मुभ अन फोटो भिडियोद्वारा बुटवलमा विभिन्न कलाकारहरूलाई सम्मान



हिमाल पोस्ट /जेठ ३० 

मुभ अन फोटो भिडियो बुटवलले आफ्नो पहिलो बार्षिकोत्सब विभिन्न कलाकारहरूको सम्मान गरी सम्पन्न गरेको छ । बुटवल क्षेत्रमा रही कलाकारिता र साङ्गीतिक क्षेत्रमा रमाउनेहरुका लागि आफ्नो बार्षिकोत्सबको अवसर पारेर दुइजना पत्रकार तथा अन्य  कलाकारहरुलाई सम्मान गरेको छ।

बुटवलमै पहिलो पटक ड्रोन क्यामेरा भित्र्याएको यस कम्पनीले लोक तथा दोहोरीगीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक गरौजा , गायक सौगात सायर ,गीतकार शिव पी सुबेदी ,शिलु भट्टराई , विधान कार्की , विष्णु श्रीपाली , बिष्णुजी पाण्डे माइलाबा , गायक प्रेम लामिछाने मगर नारायण बिपी , उज्जवल गिरि दानबीर ,निर्देशक प्रदिप कंडेल तथा अन्य गायक डान्सर र मोडल अनिल खड्का ,विजय बम्देल,पुरन गाहा ,कमल भट्टराई ,प्रकाश भुसाल, आभास ज्ञवाली ,गीता केसी,चेतना थापा ,पार्वती खड्का ,लोकेन्द्र सापकोटा लगायतलाइ सम्मान गरेको थियो।

सम्मान हुने पत्रकारमा चलचित्र पत्रकार रुपन्देहीका अध्यक्ष तथा खस्यौली एफएम का स्टेसन म्यानेजर सुमन श्रेष्ठ र रेडियो लुम्बिनीका मोहन न्यौपानेलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै कलाकारहरू र सम्पादन स्टुडियो एकअर्काका परिपुरक भएकोले हामी लुम्बिनी बासी कलाकार मिलेर जानुको विकल्प नभएको सहभागी सबैले बताएका थिए । एकबर्ष अघि बुटवलको ट्राफिक चोकबाट आफ्नो सेवा दिँदै आएको मुभ अन फोटो भिडियोले ड्रोन क्यामेरा सहित फोटो तथा भिडियो सम्बन्धी सम्पूर्ण कामबाट आफ्नो सेवा अगाडि सारेको सञ्चालक सुरज पाण्डेले बताउनुभयो ।