मोटरसाईकल र ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मोटरसाईकल र ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु



सुखड , कैलाली ।।
कैलालीको  घोडाघोघोडी नगरपालीका – ४ भालुफाटामा शनिबार साझ मोटरसाइकल  र ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

पुर्व वाट पश्चिम तर्फ आईरहेको से २ प २१११ नं. को मोटरसाईकलाई विपरित दिशावाट आईरहेको ना. ६ ख ३८३७ नं. को ट्रकले हिजो साझ ठक्कर दिदा मोटरसाईकल चालक घोडाघोडी नगरपालीका १० पहलमानपुरका दुखिराम चौधरी को मृत्यु भएको हो ।

दुर्घटनापछि उंहालाई उपचारका लागी घोडाघोडी अस्पताल सुखडमा लगीएको थियो । टाउकोमा गम्भीर चोट लागेकाले त्यहा उपचार हुन नसक्दा नेपालगन्ज रेफर गरिएको र उपचारकै क्रममा आज विहान उंहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख कर्ण सिह कार्कीले जानकारी दिनु भएको छ ।

त्यस्तै मोटरसाईकलमा सवार उंहाकै श्रीमति मिना चौधरी घाईते हुनु भएको छ । घाइतेकाे घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ । ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रमा लिएको छ ।