मोटरसाईकल दुर्घटना हुँदा बझाङमा २ को मृत्यु ,एक घाइते - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

मोटरसाईकल दुर्घटना हुँदा बझाङमा २ को मृत्यु ,एक घाइते



बझाङ । बझाङमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छन ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का पवन छत्याल र जयपृथ्वी नगरपालीका वडा नं ७ सुवेडा बस्ने २४ बर्षिय प्रेम हमाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइते हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरका २० बर्षिय आकाश सिंह रहेका छन । घाईते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । गए राती तमैल बजार नजिकै जयपृथ्वी नगरपालिकाको वडा नं ७ मालेभिरमा से ६ प ६४६६ नं को मोटरसाईकल दुर्घटना भएको हो ।

तमैल बजार बाट चैनपुर आउनेक्रममा मोटरसाईकल दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोटरसाईकल सडक बाट सय मिटर तल खसेको हो ।
विहान ४ बजे घाईते आकाश सिंहले सम्पर्क गरे पछि घटना भएको जानकारी भएको हो । दुई दिन अघि मात्र चैनपुर बाट धामीलेक जाने क्रममा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए । फाइल तस्बिर :