मोटरसाइकल चोरी गरी भाग्दै गरेका ३ जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोटरसाइकल चोरी गरी भाग्दै गरेका ३ जना पक्राउ



कैलाली । कैलालीमा मोटरसाइकल चोरी गरि भाग्दै गरेका ३ जना पक्राउ परेका छन् । मंगलबार बिहान करिब १:३० बजे धनगढी उपमहानगरपालिका- १ का त्रेस रसाइलीले घरको आगमनमा राखिएको से ३ प ७९७२ नम्बरको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ९ का वर्ष २० को स्यानु भन्ने उमेश धामी, सोही वडाका वर्ष १९ का विशेष योगी र कञ्चनपुर बेलौरी नगरपालिका – २ बस्ने वर्ष २० का केशव राना रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोली देख्ना साथ चोरी गरेको से ३ प ७९७२ नम्बरको मोटर साइकल सडक छेउमा छोडी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरी मोटरसाइकल बरामद गरिएको हो ।