मोटरसाइकलको ठक्करबाट ६५ वर्षीया वृद्धाको मृत्यु
रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो।
घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । (रासस)

