मोरङ-सुनसरी समाज कतारले बृहत् बनभोज एवम् १३ औँ साधारण सभा गर्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोरङ-सुनसरी समाज कतारले बृहत् बनभोज एवम् १३ औँ साधारण सभा गर्ने



ओम प्रकाश बानियाँ/दोहा, कतार

मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १३ औँ साधारण सभा एवंम् २०१० देखि हरेक वर्ष आयोजना गर्दै आएको बृहत् बनभोज कार्यक्रमको तयारी अघि बढाएको छ ।

आगामी २६ जनवरी २०१८ शुक्रवारका दिन अग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदानका साथ साथै कतारको रमणीय स्थलमा सास्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । संस्थाले सो कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति र उप समितिहरू समेत गठन गरी कार्य विभाजन गरिएको संस्थाका कार्यवाहक अध्यक्ष तेज कटुवालले जानकारी दिनु भयो ।

कटुवालका अनुसार संस्थाले २०१८ को लागि सदस्यता नविकरण तथा वितरण खुल्ला गर्दै कतारमा कार्यरत सम्पूर्ण मोसुबासीहरुलाई सहभागिताको लागि आह्रवान गर्नु भयो । विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरुको समुपस्थिति रहने सो कार्यक्रममा कतारमा कार्यरत मोसुबासीहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन् । कतारका पुराना र निरन्तर क्रियाशील संस्थाहरूको अग्रपङितमा रहेको मोसु संस्थागत रूपमा परिपक्व संस्था मानिन्छ ।

यसले आयोजना गर्ने कार्यक्रम र गतिविधहरुलाई समाजले विशेष चासो दिने गरेको कतारको समाजलाई नजिकबाट नियाल्नेहरु बताउछन् । कतारबाट सुरु भएको मोसु अभियान नेपालमा विधिवत दर्ता भई क्रियाशील छ भने कतार सहित बहराईन, कुवेत, ओमान, यूएइ र जापानमा संस्थागतरुपमा क्रियाशील छ साउदी, मलेसिया र युरोपबाट समेत यसका अभियन्ताहरु आबद्ध भई विभिन्न सामाजिक तथा मानवीय गतिविधिहरू गरिरहेका छन् ।

मोसुलाई सामाजिक गतिविधिको आधार बनाएर सक्रिय अभियन्ताहरुको गैर आवासीय नेपाली सङ्घ लगायत अन्य सङ्घ संस्थाहरूमा समेत उल्लेखनीय भूमिका रहने गरेको छ ।