मोरङका युथफोर्स गाँउ इन्चार्ज सहित ३ सय भन्दा बढि कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोरङका युथफोर्स गाँउ इन्चार्ज सहित ३ सय भन्दा बढि कांग्रेसमा प्रवेश



कुमोद अधिकारी,विराटनगर/मंसिर,१  ।

मोरङको रंगेली नगरपालिकाको ववियार्विताको र्विता चौक र सुक्रवारेमा आयोजित कार्यक्रममा विभिन्न पार्टि परित्यागगरी ३ सय ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  ववियार्विताका  युथफोर्स इन्चार्ज किरण आचार्य , रंगेली नगरपालिका वार्ड न १ का माओवादी केन्द्रका निर्वाचित सदस्य मोहमद धामि चौधरी तथा नेकपा एमालेका स्माइल अन्सारी र रुद्रकुमार चौधरी रहेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेस मोरङ क्षेत्र न २ का उमेदवार डा मिनेन्द्र रिजाल तथा प्रदेशसभाको उमेदवार सुमन कुवरले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।  कार्यक्रममा वोल्दै डा रिजालले नेपाली कांग्रेसले मात्र मधेशी, आदिवासी, जनजाती तथा पिछडिएका जाति समुदायका हितका लागी कामगर्दै आएको बताए ।

उनले कसैलाई गालि गरेर कोइपनी राष्ट्रवादि हुन नसक्ने भएकाले कम्युनिष्ट गठवन्धनले मुलुकमा जातिय विभेद ल्याउन खोजेको आरोप लगाए ।  सो क्षेत्रका उमेदवार डा रिजालले  समग्र मुलुकको  विकास तथा संविधानको सफल कार्यान्वयनका लागी कांग्रेसको विकल्प नभएको समेत वताएका छन् ।