चन्द्रमामा दुर्घटना - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चन्द्रमामा दुर्घटना



जेरुसेलम । पहिलो पटक निजी क्षेत्रबाट चन्द्रमामा पठाइएको इजरायली स्पेसक्राफ्ट दुर्घटनामा परेको छ । यसको मुख्य इन्जिन फेल भएका कारण बेरेसिट नामको सो स्पेसक्राफ्ट दुर्घटनामा परेको हो ।  सो स्पेसक्राफ्ट चन्द्रमाको सतहमा नै दुर्घटनामा परेको हो ।  सो मिसनको उदेश्य तस्विर लिने र त्यहाँको अवस्थाको बारेमा परीक्षण गर्ने रहेको थियो । स्थानीय समयअनुसार हिजो बेलुका सो सम्बन्धी जानकारी दिइएको हो ।

इजरायल चन्द्रमामा  स्पेसक्राफ्ट पठाउने चौथो मुलुक हुने अपेक्षा गरिएको थियो ।  यसअघि सरकारी तहबाट सोभियत संघ, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्नो स्पेसक्राफ्टको सफल अवतरण गराएका थिए ।  तेल अभिभबाट त्यसको दृश्य हेरिरहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक पटकमा सफल नभएपनि अर्को पटक प्रयास गर्नुपर्ने बताएका छन् ।

सात हप्तासम्मको उडानपछि सो स्पेसक्राफ्ट चन्द्रमामा पुगेको थियो । सो यान मानवरहित रहेको बताइएको छ ।

चन्द्रमामा यान पठाउने सम्बन्धी सो परियोजना १०० मिलियन अमेरिकी डलरको रहेको बताइएको छ । सो यान २२ फेब्रुवरीमा त्यसतर्फ गएको थियो । यसअघि पठाइएका यानपनि चन्द्रमामा दुर्घटनामा परेको बताइएपनि अहिलेको घटना भने ४८ वर्षपछि पहिलो पटक भएको बताइएको छ ।

(बीबीसी)