काठमाडौंमा मोनोरेल निर्माण गर्न चिनियाँ कम्पनीको प्रस्ताव - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

काठमाडौंमा मोनोरेल निर्माण गर्न चिनियाँ कम्पनीको प्रस्ताव



काठमाडौं – काठमाडौं महानगरापालिकामा मोनोरेल (सडकमाथि गुड्ने रेल)निर्माण गर्नका लागी चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ ।

चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनले भने, “चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल भइरहेको छ ।”

उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ ।