मोनिका : ओ माई डार्लिङ-२ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

मोनिका : ओ माई डार्लिङ-२



-दीपक घिमिरे

उ सँग छुट्टिएपछि मलाई एक्लो महसुस भो ! दुबई फर्कनै मन थिएन तै पनि बाध्यता , अबुधाबी बस स्टप बाट एक्लै फर्किए । उसको अनुहार मुहारभरी घुमिरह्यो ।

बस गुडेको पन्द्र मिनेटमै मोबाइलमा घण्टि बज्यो । गोजाबाट निकालेर हेरे , कलिङ मोनिका रैछ ।

“ हेल्लो ! ” मैले सुस्त भने ।

छेउको सिटमा नेपाली जस्तै एउटा केटी थिई , हेर्दा नेपाली र फिलिपिनो छुट्टाउनै गारो । म उसलाई मेरो आवाज सुनाउन चाहदैन थिए । नेपाली रैछे भने मलाई झ्याउ लाग्ने , म उ सँग परिचित हुन चाहिन ।

“ कहाँ पुग्यौ ?” मोनिकाले मिठो स्वरमा प्रश्न गरी ।

“नेपालमा भए कलंकी पुगे भन्दिन्थे , यहाँ त कहाँ हो कहाँ ? बगरमा पुगे डियर । “मैले मजाक गर्दिए ।

मेरो आवाज सुनेर छेउको सिटमा बसेको केटी मुसुक्क हासी , मलाई थाहा भैगो यो पनि नेपाली रैछे ।

उता मोनिकालाई मेरो कुराले हासो उठाएछ क्यारे , मस्तले हासेर भनी “ पागल ! ठट्टा गर्न अति जानेको यार । बाउन हरू सबै यस्तै हुन्छन् कि क्या हो ? “

उसले बाहुन भनेपछि मेरो नाक एक्कासि लामो भयो , चुच्चो परेको नाकको टुप्पा कन्याउदै भने “ परदेशी जीवनमा हसाउने साथी पाकी छ्यौ , साथी भन्दा अलि माथि ठान्यौ भने जीवन झकास चल्छ मैयाँ ! कि आट्छ्यौ र ?”

मेरो कुरामा छेउमा बसेकीलाई पनि मज्जाले हसायछ क्यारे , मोबाइलले मुख छोपेर मज्जाले हासिन । म पनि विपरीत फर्केर हासिदिए ।

मोनिकाले मिस गरेर फोन गरेकी थिई , सामान्य जिस्काई पछि फोन राख्ने अनुमति मागी । मैले अनुमति दिँदै भने “ नेक्स्ट फ्राईडे दुबई आऊ ल । “

फोन कट्यो , छेउको केटीले म तिर हेर्दै भनी “ तपाईँ नेपाली हो ?”

म हेर्दा साँच्चै नेपाली जस्तो छैन । गोरो अनुहार , खैरा आँखा अनि झुसे दारी । ठ्याक्कै सिरियन या इरानी जस्तो । यो अरबमा सबै झुक्किन्छन , आज उ पनि झुक्किई । मैले मजाक गर्दै भने “ नेपाली होइन तर नेपाली भाषा जानेको छु ।”

उ ट्वाँ परेर मलाई हेरी , खिस्स हासी अनि भनी “ मान्छेलाई पागल बनाउने हैन है ! मैले बुझ्दैन र ? “

यति बेला हामी दुवै हास्यौ अनि हासो थाम्दै मैले भने “ बाई द वे ! म दीपक हु , घर दाङ हो । “

उसले पनि उस्तै गरी भनी “ म चैँ उर्मिला , झापाबाट ।”

चिनाजान कार्यक्रम सकियो , उ एउटा अरबीको घरमा खाना पकाउने काममा आकि रैछे । उ पनि उतै अबुधाबी तिरै बस्ने । मज्जाको फ्रेङक केटी । दुई घण्टाको बस यात्रामै उसले मोनिका बिर्सने बनाईदिइ ।

सुखका कुरा भए , दुखका कुरा भए अनि फेरि भेटने कुरा हुँदै फोन नम्बर साटासाट पनि भए । तर आज सम्म न मैले उसलाई फोन गरे , न त उसले फोन गरी । दुई घण्टे माया पिरती बस भित्रै सुरु भो अनि बस भित्रै खतम पनि ।

एक हप्ताको कुराईपछी एक दिन शुक्रवार आयो । शुक्रवार दुई तरिकाले मेरा लागि सुखद थियो । एउटा छुट्टी हुने , अर्को मोनिका डार्लिङ सँग भेट हुने ।

बिहानै शुबासेको कल आयो , बिस्तराबाट कल उठाउना साथ उसले भन्यो “ डेरा दुबई तिर आऊ दाजी , आज मस्ती गर्न पर्च ।”

उ सँग पनि के मस्ती हुनु , उहीँ नेपालको दुख , उहीँ पैसा र कामको तनाव । यिनै गफ हुन । मैले उसको कुरा काटदै भने “ मोनिका आउदैछे , आज उसलाई टाइम दिने हो ।”

उसले बाउ गर्दै भन्यो “ मोनिका दिदी पो आउँदै हो ? ओके म नि तेरै रुम तिर आउछु उसोभए । “

खै किन हो ! दुबई , अबुधाबी बस्ने केटाहरुको निम्ति मोनिका दिदी निक्कै प्रिय नाम थियो । उनीहरू धेरैले मोनिकालाई दिदी सम्बोधन गर्दा रहेछन् । शुबासे पनि एक्साईटेड भयो , अरूलाई पनि खबर गर्छु भनेर झ्याप्प फोन काट्यो ।

उसले फोन काटेपछी तनाव मलाई भयो । मोनिका सँग फुल डे डेटिङमा रमाउने सपना देखेर हप्ता बिताएको मनलाई सुबासेले डिस्टब गर्ने ठाने । अरू धेरै कुरा गर्दा धेरै शङ्का हुने भएपछि आफ्नै कर्मलाई धारेहात लगाउदै फेरि बिस्तरामा पल्टिए ।

बिस्तरामै उठाउन सुवास आईपुग्यो । उठेर बाहिर निस्कियौ । मद्रासीको दुकानमा गएर एक एक परौठा अनि चिया खायौ । चियाको सुर्को सँगै सुवासले भन्यो “ तैले मोनिका दिदीलाई दिदी भन्चस कि बैनी “

उसको बेतुकको प्रश्नको उत्तर बेतुककै दिन मन लाग्यो अनि भने “उमेर सोध्या छैन , आज सोध्छु अनि के भन्ने फिक्स गर्छु ल । “

उ हास्यो , म पनि हासे । परौठा बालालाई पैसा रिरेर रुममा फर्कियौ ।

म मोनिकालाई खै के नाता लगाउछु त्यो म आफै बुझ्न सकेको छैन । दिदी भन्ने अधिकार उसले दिदैने । एक पटक च्याटमा जिस्केर दिदी भन्दिए । रिसाउदै उसले भनेकी थिई “ म सबैको दिदी बन्ने हो ? मेरा भाईहरु धेरै छन् , अब साथी बनाउने हो ! सो यु क्यान कल मी मोनिका जी ! ओके । “

उसको यो धम्क्याई हो या आग्रह ! मैले बुझेको थिएन तर पनि म खुसी नै थिए किन भने म मोनिकालाई दिदी बहिनी बनाउन चाहदैनथे किनकि हम प्यार कर्ते हे उन्से ।

प्यार किया तो डरना क्या भने जस्तै सुवासलाई मनको कुरा भन्न मन थियो । तर आज सम्म मोनिकाले नै अनुमति नदिएकी हुँदा कसरी सुबासेको भिनाजु बन्नु र ? मनमा खेलेको कुराले मन मनै हासो लगायो अनि मुसुक्क हासिदिए ।

म हासेको देखेर सुवासले सोध्यो “ एक्लै किन हास्छस यार दाइ ? “

हासो सँगै भन्दिए “ तेरो भिनाजु बन्ने मुड चल्छ तर तेरो दिदी मोनिका सजिलै कहाँ पटिन्छे र यार ।”

उ पनि मज्जाले हास्यो अनि भन्यो “ मोनिका अनि लभ ? ओ माई गड ! ट्राई पनि नगर यार दाइ ।”

म खिन्न भए । मेहनतको फल मीठो हुन्छ भनेर मोनिकालाई पट्याउने धुनमा लागेको मेरा लागि सुवासको सुझाव निक्कै तितो थियो तै पनि उसको कुरा सही पनि थियो । साँच्चै मोनिकालाई पट्याउन कपडा पट्याए जस्तो सजिलो थिएन । पापड बेले जस्तो गारो छ रे ।

तर पनि हिम्मत हार्ने कुरै भएन , शुबासेको कुरालाई मनमा सजाउदै मोनिका आउने समय कुरे । मोनिका सँग मस्तले दुबई सहर घुम्नु थियो , उसलाई पनि प्रेमको अनुभूति दिलाउनु थियो ।

मनमा अनेकौँ सपना सजाउदै बिहानको आठ बजाए । मन आतुर थियो तर घडीको सुई उहीँ रफ्तारमा गुद्थ्यो , टिक टिक गर्दै । म जति आतिदा पनि घडीले छिट्टै दस बजाएन । उहीँ समयमा बज्यो जति बेला बज्थ्यो ।

मोनिका लाई कल गर्छु भनेर मोबाइल निकाल्दै थिए , उसकै फोन आयो । हतारका साथ फोन उठाए । उ रिसाए जस्तो गर्दै भनी “ आधा घण्टा भो बसपार्कमा कुरेको ! तिमी लिन आउदैनौ भने म फर्कन्छु ? “

मनमा खुसीको सिमै थिएन , उ जति रिसाएपनी मनको कुनामा एउटा घर बनाएर बसेकी थिई उ । सुवास र म उसलाई लिन बसपार्क कुदयौ ।

कुनै फिल्मको हिरोईन जस्ती मोनिका सेतो ड्रेसमा साच्चिकै स्वर्गकी अप्सरा जस्ती देखिएकी थिई । उसलाई देख्ना साथ म नर्भस भई हाल्थे । उ एक छिन रिसाई , म अनि सुवासले मिलेर फकायौ अनि सुरु भयो दुबई टुर ।

उ हरेक कुरामा अगाडि थिई । मित्रता , सहयोग अनि आफ्नोपना । उ मलाई हरेक दृष्टिकोण बाट मिठी लाग्दथ्यो तर लभ को कुरा गर्दा उ एक माइल टाढा भाग्दथी । भन्थी “ प्लिज यार दीपक ! स्टप इट ओके । म प्रेममा हार खाएकी मान्छे हु । हास , हसाउ तर पीडा नबल्झाउ । “

उसको यो कुराले मलाई उ प्रति अझ खिचेर ल्यायो ।धेरै कुरा सोध्न मन थियो । तर डिस्टब गर्ने सुवास जस्ता थिए । एक दिन एक्लै भेटेर यी सबै कथा व्यथा सुन्ने बाचा गरे ।

उसलाई मजाले दुबई घुमाएर नजिस्काई अबुधाबी फिर्ता पठाईदिए । एक दिन उसको पीडा सुनेर एउटा मीठो कथा लेख्ने सपना देख्दै फेरि दुबईको दैनिकीमा लिप्त हुन थाले ।