'ओलीले खोलो बगाएको अर्बौं रकमको स्रोत के हो?' - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

‘ओलीले खोलो बगाएको अर्बौं रकमको स्रोत के हो?’



काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि एमाले पार्टी नभइ कम्पनीमा परिणत भएको आरोप लगाएका छन्।

बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एमालेको नेतृत्व केपी ओलीले गरेपछि पार्टी गुटमा परिणत गर्न खोजे। पार्टीले पार्टीको रुपमा काम गरेन। केपी ओली एण्ड कम्पनीको गुट हुन पुग्यो। त्यो स्वार्थीहरुको जमात भयो। आदर्श सिद्धान्तलाई परित्याग गरियो। योग्य नेतृत्वलाई अघाडि बढाउ भन्ने भावना गएन।’

नेता नेपालले केपी ओली आफ्ना आसेपासेहरु, आफूलाई बा भन्नेहरु, आफूलाई पुज्नेहरु मात्र मन पराउने गरेको आरोप पनि लगाए। उनले केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा लाखौं जनता आफ्नो पक्षमा उभिएको दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘केपी ओलीले गरेको संसद् विघटन, भ्रष्टाचारका कारण उनको सरकार ढाल्नुपर्ने अवस्था आयो। त्यो पार्टीबाट विद्रोह गर्नुपर्ने अवस्था बन्यो। अहिले देख्नसक्नु हुन्छ तपाईंहरु पार्टीमा रहेका मान्छेहरुमध्ये सुधार्न सक्छन् कि भन्ने चाहाना भएका साथीहरु पनि अब त्यहाँबाट विद्रोह गरेर अलग हुँदैछन्।’

चुनावमा अर्बौ रकम ओलीले खर्च गरेको भन्दै नेता नेपालले त्यति धेरै रकमको स्रोत के हो? भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘के उनको पार्टीभित्र पैसा फल्ने बोट छ? आम्दानीको स्रोत के हो? लुट र भ्रष्टाचार गरेको हुनाले चुनावमा उनले पूरै खोलो बगाएको देखिन्छ।’