१ सय ६८ रनमा कोलकाता अलआउट, मुम्बई विजयी ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

१ सय ६८ रनमा कोलकाता अलआउट, मुम्बई विजयी !



इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार कोलकाता नाइट राइजर्सलाई हराउँदै मुम्बई इन्डियन्स विजयी भएको छ । १ सय ८२ रनको विजय लक्ष्य पछ्याएको कोलकाता निर्धारित २० ओभरमा १ सय ६८ रनमा अलआउट भएपछि मुम्बई विजयी भएको हो ।

कोलकाताका लागि रोबिन उथप्पाले ३५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेपनि हार टार्न सकेनन् । कप्तान दिनेश कार्तिकले अविजित ३६ रन बटुले । नितेश राणाले ३१ र ओपनर क्रिस लेनले १७ रन जोडे । मुम्बईका लागि हार्दिक पाण्डेयले २, मिचेल म्याक्लिघान, जसप्रित बुम्राह, कुर्नाल पाण्डेय र मयंक मार्कन्डेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले उत्कृष्ट सुरुवात गर्दै ४ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । ओपनर सूर्यकुमार यादवले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । अर्का ओपनर इभिन लेविसले २८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४३ रन जोडे । कुर्नालले १४ र कप्तान रोहित शर्माले ११ रन बनाउँदा हार्दिक ३५ रनमा र डुमिनी १३ रनमा अविजित रहे ।

कोलकाताका लागि सुनिल नारिन र आन्द्रे रसलले समान २ विकेट लिए ।

१० खेलमा ४ जित दर्ता गरेको मुम्बई ८ अंकका साथ पाँचौं स्थानमा र समान खेलमा १० अंक जोडेको कोलकाता तेश्रो स्थानमा छ ।

आइपिएलमा आइतबारको दोश्रो खेलमा किङ्स ११ पञ्जाब र राजस्थान रोयल्स खेलिरहेका छन् ।