मोहन्याल गाउँपालिका -७ का वडाध्यक्षले भने , 'आफू दोषी ठहरिए राजिनामा दिन्छु ' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोहन्याल गाउँपालिका -७ का वडाध्यक्षले भने , ‘आफू दोषी ठहरिए राजिनामा दिन्छु ‘



लिला जङ्ग शाही,कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारीले आफ्नो बारेमा विभिन्न मिडियामा आएको टिका टिप्पणी निराधार भएको आरोप लगाउनु भएको छ ।

वडा कार्यलय कुइनेमा आज पत्रकार सम्मेलनको आयेजना गर्दै वडा अध्यक्ष अधिकारीले आफु निर्वाचित भैसकेपछि मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा भए गरेका विकास निर्माणका कार्यमा सत्य तथ्य अनुसन्धान गरी पत्रकारले समाचार सम्प्रेषण गरिदिन हुन आग्रह गर्नु भएको हो ।

विभिन्न मिडियामा आएको आफु प्रतिको आरोप निराधार रहेको बताउँदै आफु दोषि ठहरिए नेपालको प्रचलित कानुन अनुसार कारबाहीको भागेदार बन्न तयार भएको बताउनु भयो । आफु निर्वाचित भैसकेपछि जनतालाई प्रत्यक्ष राहात पुग्ने खालका कार्यक्रम ल्याएको बताउँदै वडा अध्यक्ष अधिकारीले जो कसैलाई शंका लागेमा वडामा आएर आफै बुझ्न समेत आग्रह गर्नुभयो ।

आफ्नो कुनै व्यक्तिगत स्वार्थको लागि कसैको चरित्र हत्या गर्न नहुने बताउँदै वडा अध्यक्ष अधिकारीले विभिन्न मिडियामा आए जस्तो आर्थिक हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको जानकारी दिनु भयो ।

अध्यक्ष अधिकारीले विभिन्न मिडियामा आफु माथि लगाइएको आरोप पुष्टि भए जुनुसुकै सजाय भोग्न तयार भएको बताउँदै वडा अध्यक्षको पदबाट समेत राजिनामा दिने बताउनु भयो ।