मोहन्यालको विकासको लागि निरन्तर लागिरहेको - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

मोहन्यालको विकासको लागि निरन्तर लागिरहेको



लिला जंग शाही / मोहन्याल ।
मोहन्याल गाउँपालिकाको बस्ती बस्तीमा सडक ,खानेपानी ,सिचाइ ,शिक्षा ,स्वास्थ , बिजुलि बत्तीको सेवाको निम्ति आफू निरन्तर लागि रहेको नेकपा जिल्ला कमिटि कैलालीका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापाले बताए ।

आइतबार कैलालीको मोहन्याल गाउँपालिका -३ फलेबिसौनामा जनता सङग जनप्रतिनिधिको भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त कुरा प्रमुख अथिति थापाले बताएका हुन् । कैलालीका १३ वटै स्थानीय तह मध्य मोहन्याल गाउँ पालिका भौगोलिक विकट भएकोले मोहन्याल बासी जनताको आर्थिक उन्नतिका लागि कृषि खेती ,फलफूल र पशु पालनको प्रचुर सम्भावना भएको थापाले बताए । गाउँ गाउमा सडक संजाल जोड्न र बस्ती ब्यबस्थापन ,सुकुम्बासी समस्या हल ,जग्गा नापीको ब्यबस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारले सोल्टा ,चिसापानी ,बौनिया फलेबिसौना ,सल्लेरी खिमडी ,सिमली खिमडी ,तालबन्द् खनियाताल सडक लाई प्रदेशको गौरवको योजना बनाइने समेत प्रमुख अतिथी उनले बताए ।

कैलाली जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर थापाले मोहन्याल पालिका कैलालीको १३ बटै स्थानीय तह मध्य स्थानीय साधन श्रोत र पर्यटन धनी भएकोले राजकाडा ,मालिका ,त्रिवेनि ,मोहन्याल ,र कर्णाली जलयात्रा बाट पर्यटनको बिकासमा आफू निरन्तर लागि रहेको बताए।

हाल मोहन्याल गाउँ पालिका को वडा नं १को चायाभवर वडा नं २ को कोल्तडी ,वडा नं ४ को खिमडी ,वडा न ३ को फले बिसौनामा जग्गाको अहिले सम्म नापी भएको छैन ।२०३६ साल नापी भएको मोहन्याल गाउँ पालिका-१ राक्सा ,पाया ,वडा नं ३ को ताम्चा ,रागा मलेखा ,राजिरेक्चा ,सावा ,वडा नं ६ को सोल्टा ,रुइनिकोट सोल्टा ,भोटेकोट ,बागेरवा ,सेतिखोर ,वडा नं ७ को बढी गाउँ कुइने ,ओखरेकोट ,कचाली लगायतका गाउँ नापी भएर लालपुर्जा पाएपनि नापी शाखा नक्सा नभएको ले कित्ता काट नहुदा समस्या भएकोले प्रदेश सरकारले पहल गर्नुपर्ने गाउँ पालिका अध्यक्ष नवल सिंह रावलले माग गरेका छन् ।

मोहन्याल गाउँ पालिकाका अध्यक्ष नवल सिंह रावलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा नं ३ का वडा अध्यक्ष नवीन गिरिले गरेका थिए भने कार्यक्रम संचालन भवानी देवकोटाले गरेका थिए ।