होलिस्टिक हेल्थकेअर फाउण्डेशनको नवौ वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

होलिस्टिक हेल्थकेअर फाउण्डेशनको नवौ वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न



होलिस्टिक हेल्थकेअर फाउण्डेशन सोसाइटीले आफ्नो नवौ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

१५ बर्ष अगाडी योग साधनालाइ जन–जनको विचमा लैजाने उद्धेश्यले होलिस्टिकको माध्यमबाट योग शिक्षा आरम्भ गरेको यो सोसाइटीले नवौ वार्षिक उत्सवलाइ भव्य रुपमा मनाएको हो ।

योगगुरु मोहन कार्किले योग साधनाका विभिन्न विषयबस्तुहरुलाइ सबैको सामु प्रस्तुत गरेका थिए । अर्का योगगुरु शैलेन्द्रजीले अध्यक्षता गरेको सो कार्यक्रममा भारती कवीहरु र विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रवासी नेपाली विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा ८५ बर्षिय शैलेन्द्रजीकी मातालाइ प्रमुख अतिथिको सम्मान दिइएको थियो ।

कार्यक्रम अध्यक्षले धन्यवाद सहित स्वागत मन्तव्य दिएका थिए ।  उनले सोसाइटीको बारे वताउदै हामी २००६ मा यो क्षेत्रमा काम सुरु गर्दा मोहनजी र म आउथ्यौ ।

योग साधनाका विभिन्न कृयाहरुलाइ विस्तारमा सिक्थ्यौ र फर्कन्थ्यौ । पछि नेहाजी पनि आउन लाग्नु भो । अहिले हाम्रो यति ठुलो परिवार बनेको छ । सबैलाइ स्वागत गर्दै धन्यवाद दिन चाहान्छु भनेका थिए ।

नेपाल आवाजबाट साभार