संसदीय व्यवस्था स्वीकार्नेहरु कम्युनिस्ट हुन सक्दैनन् : मोहन वैद्य - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

संसदीय व्यवस्था स्वीकार्नेहरु कम्युनिस्ट हुन सक्दैनन् : मोहन वैद्य



बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले संसदीय व्यवस्था स्वीकार्नेहरु कम्युनिस्ट हुन नसक्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट सर्वसत्तावाद लाद्न खोजेको भनी टिप्पणी गरिरहँदा नेकपा कम्युनिस्ट पार्टी नै नभएको टिप्पणी गरे ।

महासचिव वैद्यले नेपालमा कम्युनिस्टको सत्ता नभएको समेत दावी गरेका छन् । कांग्रेसले कम्युनिस्ट अधिनायकवाद लागु गर्न सरकार अग्रसर भएको आरोप लगाइरहँदा सत्तारुढ नेकपा कम्युनिस्ट नै नभएको कुरा बुझ्नुपर्ने बताए ।

‘नेकपा कम्युनिस्ट पार्टी नै होइन,’ वैद्यले न्युज कारोबारसँग भने, ‘संसदीय व्यवस्थालाई स्विकार्ने कम्युनिस्ट हुनै सक्दैन । यो व्यवस्था सत्ताको टुप्पी साटासाट गर्ने तरिकामात्रै हो ।’
महासचिव वैद्यले समाजवादको हौवा पिटेर नेपालमा राजनीतिक दलहरुले ढाँटको खेती गरिरहेको आरोप समेत लगाएका छन् ।नेकपाले प्रतिक्रियावादी समाजवादलाई आंगालेको भन्दै उनले नेकपाले सुधारवादी समाजवादसमेत अंगाल्न नसकेको बताए । काल्पनीक समाजवादको पनि अभ्यास विश्वमा भइरहेको उल्लेख गर्दै वैद्यले वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि क्रान्तिकारी माओवादी लागीपरेको बताए । ‘अहिले सबैले समाजवाद भनेका छन् । त्यसमा सत्तारुढ नेकपाले भनेको समाजवाद प्रतिक्रियावादी समाजवाद हो,’ उनले भने ।