यस्तो बन्दैछ नरेन्द्र मोदीको मन्त्रीमण्डल - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

यस्तो बन्दैछ नरेन्द्र मोदीको मन्त्रीमण्डल



हिमालपोस्ट, काठमाडौँ –

मोदीले नयाँ प्रधानमन्त्रीका रूपमा मे ३०, २०१९ का दिन सपथ ग्रहण गर्दैछन्। उनको सपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली भारत जाँदैछन्।

२०१९ को लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीएले बहुमत ल्याएपछि विश्वको ध्यान भारततिर केन्द्रित भएको छ। एनडिएले २०१४ को लोकसभा निर्वाचनमाभन्दा ठूलो बहुमत ल्याएको छ।

चुनावको परिणाम पछि मोदीको नयाँ मन्त्रीमण्डलमा नयाँ सदस्य हुनेछन् वा पुरानालाई नै दोहोऱ्याइनेछ भन्ने विषयमा चारैतिर चर्चा सुरु भएको छ। पुरानाहरूलाई पनि चित्त बुझाउँदै नयाँहरूलाई पनि समेट्दै जानु पर्ने चुनौती मोदीसामु रहेको छ।

भारतस्थित उच्च स्रोतले जनाएअनुसार उनको नयाँ मन्त्रीमण्डलमा अमित शाह गृहमन्त्री हुने प्रबल सम्भावना छ।

त्यस्तै रक्षामन्त्रीमा राजनाथ सिंहलाई ल्याउने बारे पार्टीभित्र चर्चा भएको बताइएको छ भने विदेशी तथा छिमेकीहरूको विशेष चासो रहेको विदेशमन्त्रीका रूपमा को आउँछ भन्ने उत्सुकता रहेको बेला रविशङ्करको नाम प्रस्ताव गरिएको छ।

मोदीका विश्वासपात्र अरुण जेटलीलाई भने उनको स्वास्थ्यका कारण नयाँ मन्त्रीमण्डलमा सामेल नगरिने प्रबल सम्भावना रहेको उच्च स्रोतले जनाएको छ।