पुनर्निर्माणको १ खर्ब नदिएका मोदीले देउवालाई फोनमा भने बाढी पीडितलाई २५ करोड सहयोग गर्छौँ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पुनर्निर्माणको १ खर्ब नदिएका मोदीले देउवालाई फोनमा भने बाढी पीडितलाई २५ करोड सहयोग गर्छौँ



 

३ भदौ, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार साँझ टेलिफोनमा कुराकानी भएको छ । बिशेषत भारी वर्षाका कारण नेपालमा बाढीले बनाएको क्षेती र राहतको विषयमा कुरा भएको बुझिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेको देउवाको निजी सचिवालयले जनाएको छ । कुराकानीका क्रममा मोदीले बाढी र पहिरोका कारण नेपालमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड रुपैयाँबराबर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरेका छन् । मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

तर, भारतले भूकम्पपछिको पुननिर्माणमा (कबुल गरेको) सहयोग गर्ने भनेको रकमको अत्तो पत्तो छैन । भारतले दिने भनेको एक खर्ब दिने बाचा गरेको थियो अहिले सम्म १ रुपैयाँ पनि नदिएको केहिदिन अगाडी समाचार आएको थियो ।