सोनिया गान्धीले भनिन्: मोदी हाम्रा प्रधानमन्त्री हुन्, उनको सुरक्षाको ख्याल गर्नु - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सोनिया गान्धीले भनिन्: मोदी हाम्रा प्रधानमन्त्री हुन्, उनको सुरक्षाको ख्याल गर्नु



काठमाडौं- पञ्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको कमजोरीको २४ घण्टापछि कांग्रेस उच्च कमाण्डले मुख्यमन्त्री चरणजित सिंह चान्नीसँग कुरा गरेको छ।

कांग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धीले यस विषयमा चन्नीसँग विस्तृत जानकारी लिएकी छन्। उनले मोदी देशका प्रधानमन्त्री भएकाले सुरक्षाको पूर्ण ख्याल गर्नुपर्ने चान्नीलाई बताइन्।

सोनियाले चन्नीलाई यस मामिलामा जिम्मेवार जोसुकैलाई कारबाही गर्नुपर्ने बताइन्। चान्नीले सोनिया गान्धीलाई पञ्जाब सरकारले सम्पूर्ण मामिलाको छानबिन गरिरहेको बताएका छन्।

यसका लागि सेवानिवृत्त न्यायाधीश मेहताब सिंह गिल र राज्य गृहसचिव अनुराग वर्माको छानबिन समिति गठन गरिएको छ। समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। यसमा जो कोही जिम्मेवार भए सरकारले कारबाही गर्ने भनिएको छ।

चाखलाग्दो पक्ष के छ भने एकातिर चन्नीले दुई सदस्यीय छानबिन समिति बनाएका छन् भने अर्कोतिर गल्ती अस्वीकार गरिरहेका छन्। उनले यसअघि पत्रकार सम्मेलन गरेर यसमा कुनै गल्ती नभएको बताएका थिए।

५ जनवरीमा पञ्जाबमा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा ठूलो गडबड भएको थियो। फिरोजपुर जिल्लाको मुड्की नजिकै केही प्रदर्शनकारी सडकमा आएपछि मोदीको गाडी २० मिनेटसम्म फ्लाईओभरमा अड्किएको थियो। त्यसपछि प्रधानमन्त्रीले पञ्जाब भ्रमण रद्द गरेका थिए।