मोदीको आडमा ओली मधेश छिर्दै ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मोदीको आडमा ओली मधेश छिर्दै !



काठमाडौं। मधेश विरोधीको छवि बनाएका प्रधानमन्त्री तथाा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेशी बाहुल्य जिल्ला अर्थात् प्रदेश २ को राजधानी खुल्लारुपमा जान लागेका हुन् ।

मधेश र मधेशीप्रति गर्दै आएका टिकाटिप्पणीका कारण ओलीलाई ‘कोर मधेश’ छिर्न अप्ठ्यारो भइरहेको थियो । जबरजस्ती मधेश जाने हठका कारण मधेशमा ५ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

तर, यसपटक मधेश छिर्न उनलाई अप्ठ्यारो छैन । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्ने बहानामा प्रदेश २ को राजधानी जनकपुरधाम निर्बाधरुपमा प्रवेश गर्न लागेका हुन् ।

जन नेता बन्न ठूला भाषण मात्र गरेर हुँदैन, गरेका वाचाहरु पनि पूरा गर्नुपर्छ भन्ने हेक्का प्रधानमन्त्री ओलीले राख्नुपर्छ । समृद्धि, विकासका नारा मात्र लगाएर हुँदैन । व्यावहारिकरुपमा गरेर देखाउनुपर्छ ।

संविधान विश्वको उत्कृष्ट बनाउन सबैको भावनालाई समेट्नुपर्ने हुन्छ तर, यो संविधानमा ९०% को भनिए पनि व्यवहारमा छैन । संविधान यति धेरै त्रुटिहरु छन् जसले यो ओली सरकारले आफ्नो पाँच वर्षको अवधि पूरा गर्न पनि सक्ने अवस्था छैन ।

त्यसैले, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो भ्रमणका क्रममा भनेका थिए नि संविधान ‘ऋषि मनले बनाउनुस्’लाई आत्मसात गनुृपर्ने हुन्छ । संविधान भनेको कुनै गीता, बाइबल वा कुरान होइन जो अपरिवर्तनीय हो । त्यसैले सबैले अपनत्व महसुस गर्ने गरी संशोधन आवश्यक ।

उनले नेपालका सबै नागरिकको भावनालाई कदर गर्दै संविधान संशोधन गर्नुभयो भने नेपालका कुनै गाउँ, जिल्ला वा प्रदेश छिर्नका लागि कुनै विदेशी पाहुनाको सहारा लिनु पर्दैन ।

तसर्थ, राष्ट्रिय एकता, राष्ट्रियता, अखण्ड नेपाल राष्ट्रवाद लगायतका कुरा नारामा मात्र सीमित नराखी प्रधानमन्त्री ओलीले ऋषि मन बनाउनु नै पर्छ । उनले जुन किसिमले यसपटकको निर्वाचनमा मत पाएका छन् यसभन्दा पनि बढी मत पाउने नै छन् भन्ने किसिमले आफूलाई प्रस्तुत गर्नुपर्छ । मधेशवाणीको सहयोगमा