मोदीकी आमाको १०० औं जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

मोदीकी आमाको १०० औं जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद



बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आमाको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १०० वर्षमा प्रवेश गरेकी छन्।

सो अवसरमा नरेन्द्र मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन्। प्रधानमन्त्री मोदीले केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए । उनकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छन्।

नरेन्द्र मोदी शुक्रबार गुजरात पुगेका थिए । त्यहाँ धेरै कार्यक्रममा भाग लिने उनको योजना छ।