चिनियाँ राष्ट्रपतिलाई मोदीले फोन गरेर के भने ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चिनियाँ राष्ट्रपतिलाई मोदीले फोन गरेर के भने ?



 – दोस्रो पटक राष्ट्रपति निर्वाचित सी जिनपिङलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्।

सीलाई बधाई दिंदै भएको वार्तामा दुई देशविचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने सहमति भएको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले मोदीसँग आपसी राजनीतिक सहमति बढाउन आफू दीर्घकालिन रणनीतिक द्विपक्षीय सम्बन्धका मुद्दामा भारतीय नेताहरुसँग सम्वाद गर्न तयार रहेको बताएका थिए। उनले चीन भारतसँग द्विपक्षीय सहयोगलाई बढाउन इच्छुक रहेको पनि बताएको सिन्ह्वाले जनाएको छ।

दोक्लम प्रकरणबाट दुई देशबीच चिसिएको सम्बन्ध पछिल्लो समय सुदृढ हुँदै गएको छ। यही बीचमा भारतीय प्रधानमन्त्री मोदीको फोनवार्ताले सम्बन्धमा थप सकारात्मकता ल्याउने विश्वास गरिएको छ।