मोदी सिंहदरबार नआउने - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

मोदी सिंहदरबार नआउने



काठमाडौं । नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरबार प्रवेश नगर्ने भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच तारे होटलमा भेटवार्ता हुनेछ, जसलाई परराष्ट्र मामिलाका जानकारहरुले ‘लाजमर्दो’ भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन् ।

मोदी चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन् । राजनीतिक भेटवार्ताहरु भने द्वारिकाज होटलमा हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जानेछन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा तय गरिएको छ ।

मोदीलाई सिंहदरबारको साटो होटलमा भेट्नुको कारण के हो ? यो प्रश्नमा सरकारी अधिकारीहरु सिंहदरबारमा ठाउँ अभाव हुने बताउँछन् । एक मन्त्रीले  भने, ‘भूकम्पले सिंहदरबारको मूल भवन क्षतिग्रस्त छ । मोदी पनि धेरै नै व्यस्त छन् । र, बाटोघाटो पनि खाल्डाखुल्डी छ ।अनलाइनखबर