यसकारण नेपाली जनतासँग मोदीले माफी माग्नुपर्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

यसकारण नेपाली जनतासँग मोदीले माफी माग्नुपर्छ



काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भूकम्पको मारमा परेका नेपाली तंग्रिन नपाउँदै नाकाबन्दी गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता समक्ष माफी माग्नुपर्ने जनाएको छ ।

भोलि देखि सुरु हुने दुई दिने लगानी सम्मेलनमा पनि भाग लिने गरी भारतीय विदेशसचिव विजय गोखले आज नेपाल आउन लागिरहेको सन्दर्भमा एक वक्तव्य जारी गरी सो मोर्चाका प्रमुख फणिन्द्र नेपालले सो माग गरेका हुन् ।

उनले भारतीय प्रधानमन्त्रीले नेपाली जनता समक्ष औपचारिक रुपमा माफी नमागेसम्म मोर्चाले त्यो कार्यको विरोध गरिरहने समेत जनाएका छन् ।

उनले वक्तव्यमा भनेका छन्,‘‘ नेपालको ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेर स्वतन्त्रताको दुहाइ दिने अनि भूकम्पको मारमा परेर तंग्रिन नपाउँदै हामीमाथि नाकाबन्दी लगाएर मानवअधिकारको नारा दिने भारतको राक्षसी प्रवृत्तिको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा घोर भत्र्सना र विरोध गर्दछ । यस किसिमको विरोधको क्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासमक्ष औपचारिक रूपमा माफी नमागेसम्म मोर्चाले निरन्तर जारी राख्नेछ । ’’

उनले वक्तव्यमा भारतले विगतमा दिने प्रतिबद्धता जनाएको सहयोग पनि नदिएको भन्दै आलोचना समेत गरेका छन् ।