मोदीलाई कालोमोसो दलेर लखेट्ने बैद्य माअाेवादीकाे चेतावनी ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मोदीलाई कालोमोसो दलेर लखेट्ने बैद्य माअाेवादीकाे चेतावनी !



काठमाडौं। माेहन बैद्यले नेतृत्व गरेको पार्टी नेपका क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले अरुण तेस्रोको शिलान्यास गर्न नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्यास गर्न दिन नहुने र उनलाई कालोमसो दलेर स्वाभीमानी नेपालीहरुले लखेट्नुपर्ने बताएका छन् ।

ओली र प्रचण्डको राष्ट्रघाती चरित्रको चर्चा गर्दै अध्यक्ष गजुरेलले विगतका सबै राष्ट्रघाती सन्धिसम्झौताहरु अक्षरशः कार्यान्वयन गर्ने बाचा गरेर दिल्लीबाट फर्केका ओलीले मोदीको हातबाट अरुण तेस्रोको शिलान्यास गराउन खोजेर गम्भीर राष्ट्रघात गरेको टिप्पणी गरे ।

पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आयोजना गरेको १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवससम्बन्धी सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।