मोदीको नेपाल भ्रमणका लागि यस्तो सुरक्षा व्यवस्था - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

मोदीको नेपाल भ्रमणका लागि यस्तो सुरक्षा व्यवस्था



काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडाैं अवतरण गरेको छ ।

विमानस्थल स्रोतका अनुसार विमानमा दुईवटा बुलेट प्रुफ गाडीसहित आवश्यक सुरक्षा सामग्री नेपाल भित्रिएको छ ।

भारतीय पक्षले आवश्यक सामाग्री फिर्ता भारत नै लैजाने गरी भन्सार छुटका लागि गृहमन्त्रालयबाट पत्र ल्याएपछि ती सामाग्री विमानस्थलबाट तोकिएको स्थानमा लैजाने तयारी गरिएको छ ।

काठमाडाैंमा रहँदा मोदीको प्रयोगका लागि दुईवटा बुलेटप्रुफ गाडी, चालक दलका १८ सदस्य र ४१ जना कमाण्डो नेपाल आएको बताइएको छ ।