मोदी सरकारलाई अर्को झड्का - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

मोदी सरकारलाई अर्को झड्का



एजेन्सी- भारतीय रिजर्व बैंकले त्यहाँको मौद्रिक नीति समीक्षा गर्दै आर्थिक वर्ष २०१९\२० मा भारतको जीडीपी वृद्धिदर ६.१ बाट घटाएर ५ प्रतिशत मात्र रहने अनुमान लगाएको छ ।

यसअघी रिजर्व बैंकले अक्टूबर महीनामा नीतिगत समीक्षा गर्दै चालु आर्थिक वर्षमा जीडीपी वृद्धिदर ६.१ प्रतिशत रहने बिश्वाश गरेको थियो ।

त्यसो त यसअघि नै केहि रेटिंग एजेन्सीहरुले भारतको जीडीपी ग्रोथ अनुमान घटाईसकेका थिए । अहिले आएर रिजर्व बैंकले नै भारतमा देखिएको आर्थिक मन्दीको जोखिम केहि सन्तुलनमा आएपनि जीडीपी ग्रोथ दर भने घट्ने नै अनुमान गरेको हो ।

स्मरणीय यो छ कि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतको जीडीपी ग्रोथ ६ वर्ष कै सबैभन्दा तल ४.५ प्रतिशतमा झरेको थियो ।

मंगलबार देखि चलेर बिहिबार सकिएको रिजर्ब बैंकको मौद्रिक नीति समिक्षा बैठकले नीतिगत कुनै परिवर्तन भने नगरेको भारतीय संचारमध्यम हरुले जनाएका छन् ।

त्यहाँ आर्थिक गतिविधिमा कमि आएको र उत्पादनको मात्रा घटेको निष्कर्ष बैठकले निकालेको थियो ।