धोनी बने मोदी पछि सर्वाधिक प्रशंसनीय व्यक्ति - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

धोनी बने मोदी पछि सर्वाधिक प्रशंसनीय व्यक्ति



एजेन्सी- भारतका पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि सबैभन्दा प्रशंसनीय व्यक्तिको सूचिमा परेका छन्।

यूगोवले गरेको सर्वेक्षणमा उनी मोदीपछि दोश्रो स्थानमा परेका हुन्।

संसारका ४१ देशका ४२ हजार व्यक्तिले यस सर्वेक्षणमा भाग लिएका थिए जसमा पुरूष र महिला गरी दुई विधामा संसारका सर्वाधिक प्रशंसनीय व्यक्तिहरूको सूचि तयार गरिएको थियो।

यो सुचिमा मोदी संसारको छैटौं प्रशंसनीय व्यक्तिमा परेका हुन्। सूचीको पहिलो नम्बरमा माइक्रोसफ्टका बिल गेट्स छन्। उनीपछि सूचीमा बाराक ओबामा, ज्याकी च्यान, शि जिङपिङ र अलिबाबाका ज्याक मा छन्।

यसैगरी भारतीयहरूको हकमा मोदी पहिलो नम्बरमा हुँदा धोनी दोश्रो नम्बरमा छन्। यसक्रममा विराट कोहली भन्दा पनि धोनी अगाडि छन्। भारतीयहरू मध्येमा मोदी र धोनी क्रमशः पहिलो र दोश्रो नम्बरमा रहँदा रतन टाटा, अमिताभ बच्चन, सचिन तेन्दुलकर र विराट कोहली क्रमशः तेश्रो, चौथो, पाँचौ तथा छैटौं नम्बरमा छन्।

यस्तै महिलातर्फको सूचीमा मुक्केबाज मेरी इमसी कोम छिन्। संसारभरीको सूचिमा भने उनी २५ औं स्थानमा छिन्। सूचिमा मेरी कोमपछि क्रमशः किरण बेदी, लता मंगेशकर, सुष्मा स्वराज, दीपिका पादुकोण रहेका छन्।

यस सर्वेक्षणमा मोदीले १५.६६% रेटिङ पाएका छन् भने धोनीले ८.५८% प्रतिशत रेटिङ पाएका छन्। यस्तै रतन टाटाको ८.०२%, अमिताभको ६.५५%, सचिनको ५.८१% तथा विराट कोहलीको ४.४६ % रेटिङ रहेको छ।