मोदी विरुद्ध यस्तो ट्वीट ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए .. - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मोदी विरुद्ध यस्तो ट्वीट ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए ..



आइतबार मदर्स डे को मौकामा संसारभरीका मानिसहरुले आ–आफ्नो तरिकाले जीवनमा आमाको योगदानलाई याद गरिरहेका थिए । यसैदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक कार्यक्रम प्रस्तोताले ट्वीट गरे जहाँ मोदीकी आमाको कुरा निकालिएको छ ।

भोइस अफ राम नामको ट्वीटर ह्यान्डलबाट लेखियो, ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए त्यो भारतका हरेक छोराका लागि उत्कृष्ट उपहार हुनेथियो । ’ उक्त पोष्टसँगै ‘मदर्श डे’ ह्यासट्यागको पनि प्रयोग गरिएको थियो ।

उक्त ट्वीटपछि मानिसहरुले महाराष्ट्र सरकारसँग उक्त ट्वीटर ह्यान्डल चलाउने विरुद्ध मुद्दा दर्ता गनुपर्ने माग गरेका छन् ।

ट्वीटरको तर्फबाट भेरिफाइड उक्त ह्यान्डललाई एक टीभि रियालिटी शोका प्रस्तोता र पूर्व आम आदमी पार्टीसँग सम्बन्धित रघुरामले चलाउने बताइएको छ । उक्त ह्यान्डलबाट धेरैजसो ठट्टायुक्त ट्वीट गरिन्छ तर धेरै पटक आपत्तिजनक ट्वीटका कारण पनि यो चर्चामा आउने गरेको छ ।