मोदी भ्रमणमा पानी पर्ला की घाम लाग्ला ? - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

मोदी भ्रमणमा पानी पर्ला की घाम लाग्ला ?



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मौसममा ठूलो उतार चढाव नआउने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रष्ट्याएको छ ।

मौसमका कारण मोदी भ्रमणमा कुनै असर नहुने बताउँदै महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छ ।

शुक्रबार काठमाडौं, पोखरार मुक्तिनाथ क्षेत्रमा अपराह्नपछिको मौसम धुमिएर हल्का बर्षा हुने सम्भावना रहे पनि जनकपुरमा त्यस्तो अवस्था नरहने बताइएको छ ।

शनिबार यी चारवटै गन्तव्यमा अपराह्नको मौसममा सामान्य उतार चढाव आउने संकेत देखिए पनि बिहान र दिउँसोको मौसम सामान्य रहने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले बताए ।