यात्रुको लागि मोर्डन ईराले ल्यायो खुसीको खबर - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

यात्रुको लागि मोर्डन ईराले ल्यायो खुसीको खबर



नयाँ दिल्ली /पुस २८ 

नेपालको पर्यटकीय सहर पोखरा देखि दिल्ली तथा दिल्लीदेखि पोखरासम्म बस यातायात व्यबसायीको रुपमा काम गरीरहेको मोर्डन ईरा टुर एण्ड ट्रावल्सले यात्रुहरुका लागि खुसीको खबर ल्याएको छ ।यात्रुहरुको सुझाबालई मध्यनजर गर्दै मोर्डन ईराले दिल्ली देखि बुटवल सम्मका यात्रुहरुको भाडा घटाएको छ ।

आज एक बैठक बसी  समितिले उक्त निर्णय गरेको कृष्ण गैरेले हिमाल पोस्टलाई जनाकारी गराउनु भएको थियो ।याध्यपी नन एसी बसको भाडा भारु १७५० दिल्ली देखि बुटवल सम्मको  तोकिए पनि ऐले भने घाटाएर भारु १५०० गरिएको हो ।तर बाग्लुंग सम्मको  भने यथावत २००० रहेको छ र  पोखराको पनि  १७५० नै रहेको छ ।

यात्रुहरुलाई छिटो छरितो यात्रा होस  भनेर ऐले नारायणघाट- मुग्लिंग सडक खण्ड बिहान ११ बजे देखि बन्द हुने हुदा दिल्ली देखि बिहान् ९ बजे  जादा महेन्द्र नगरको बाटो हुदै  जाने र अर्को दिन ३ बजे नै पोखरा पुगिने बताईएको छ ।मोर्डन ईराले बिभिन्न समयमा दिल्लीमा अलपत्र  परेका नेपालीलाई निसुल्क सहयोग गर्दै आएको छ ।