मोर्डन ईराको मैत्री बस एक वर्ष पुरा ,अन्य ठाउँबाट पनि बसहरु संचालनमा ल्याउने तयारी - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

मोर्डन ईराको मैत्री बस एक वर्ष पुरा ,अन्य ठाउँबाट पनि बसहरु संचालनमा ल्याउने तयारी



नयाँ दिल्ली /असार १ 

भारतको उत्तर प्रदेश परिवाहान निगम र मोर्डन ईरा टुर एण्ड ट्रावल्सको सहकार्यम संचालित नेपाल भारत मैत्री बस सेवाले  एक वर्ष पुरा गरेको उपलक्ष्यमा गाजियाबादको कौसाम्बिमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उत्तर  प्रदेश परिवाहान निगमका रिजनल म्यानेजर ,सहायक म्यानेजर यसैगरी पोखराबाट केशवप्रसाद अधिकारि ,पृथी राजमार्ग बस संचालक समितिका अध्यक्ष एन कुमार साही ,दिल्ली देखि कृष्ण राज गैरे ,नारायण कुस्मेली आदि बीच छलफल सम्पन्न भएको थियो ।

सोहि छलफलकै क्रममा दुवै संचालक समितिले एकै कलरका स्तरीय गाडीहरु पुन संचालनमा  ल्याउने र उत्तर प्रदेशको अन्य ठाउँबाट पनि बसहरु संचालनमा ल्याउले तयारी रहेको बताए  ।नेपालमा भारतीय गाडी भित्रिदा ५०० रुपैयाँ प्रतिदिन  कर लाग्ने  तर नेपाली गाडी भारत भित्रिदा ४० रुपैयाँ प्रति सिट प्रति दिन कर तिर्नु पर्ने भएकाले उक्त बिषयलाई नेपाल सरकार समक्ष दर्शाउने  मोर्डन ईरा टुर एण्ड ट्रावल्सका प्रतिनिधिले जनाकारी गराएका छन् ।

बिगत लामो समयदेखि  मोर्डन ईरा टुर एण्ड ट्रावल्सले दिल्ली पोखरा  दिल्ली  बस संचालनमा ल्याएको छ ।