पैसा खर्च गरेरै मोडलिङमा अवसर पाएको थिए :सुरेश पोख्रेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पैसा खर्च गरेरै मोडलिङमा अवसर पाएको थिए :सुरेश पोख्रेल



करिब १ वर्ष अगाडि मोडलिङ क्षेत्रमा प्रवेश गरेका सुरेश पोख्रेल अहिले यस क्षेत्रमा छोटो समयमै चर्चा बटुल्न थालेका छन् । करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका सुरेशले अन्य गीतहरूको पनि काम भइरहेको र बजारमा आउने क्रममा रहेको बताउछन् ।

जन्मघर प्युठान हाल सिसहनिया दाङमा रहेका सुरेश अहिले आफ्नो उद्देश्य पूरा गर्नको लागि काठमाडौँमा बस्दै आएका छन् । सानै देखिको मोडल बन्ने उद्देश्य राखेका सुरेशले क्रमिक रूपमा आफ्नो उद्देश्य पूरा गर्दै छन् कम्प्युटर अप्लिकेसनमा ब्याचलर गरेर कतार छिरेका उनी आफूले सोचे जस्तो नभए पछि नेपाल फर्किए र अहिले मडलिङ क्षेत्रमा जम्दै छन्।
उनै मोडेल सुरेश पोखरेल सँग हिमाल पोष्टलागि समिर प्रकाश पाण्डेले गरेको कुराकानी :-

नमस्कार सुरेश जी हिमाल पोष्ट डट कम मा तपाईँलाई स्वागत छ ?

धन्यबाद, नमस्कार समिर जी अनि हिमाल पोष्ट डट कम टिमलाई..

आज भोलि के मा व्यस्त हुनुहुन्छ?
आज भोलि म्युजिक भिडियो अल्लि कम गरेर मुभी तिर लागेको छु त्यतै बिजि छु भनुम ।

कहिले देख्न पाउछौ सुरेशलाई नायकको रूपमा?
अब छिट्टै सबै काम सकिएको छ छायांकनको तयारीमा छौ ।

 मोडलिङ क्षेत्रमा के देखेर लाग्नु भो?
खासमा भन्नु पर्दा यो क्षेत्रमा के देखेर भन्दा पनि सानै देखिको रहर थियो मोडल बन्ने म पनि टिभीमा देखिन पाए भन्ने सोच्थे आज पुरा गरेको छु ।

 कसको प्रेरणा मिल्यो यस क्षेत्र मा अाउनको लागी?
यस क्षेत्रका धेरै कलाकार मन पर्थ्यो सोही क्रममा मोडल साथी अोबी रायमाझी र बसन पोख्रेल मेरो आफ्नै दाजुको सहयोग बाट आज यहाँ सम्म आउन सफल भएको छु ।

अहिले सम्म कति वटा म्युजिक भिडियोमा काम गरिसक्नु भयो?
अहिले सम्म करिब १ दर्जन जति भए होलान् ।

पछिल्लो समय चर्चा राम्रै छ बजारमा, कुन गीतले हिट बनायो?
पछिल्लो समय मलाई चिनाउने गीत प्रमोद खरेलको “ यो धर्ती मा म जन्मेको ” गीतको बोल जसमा लय शब्द अादर्णिय दाजु कस्तुप पन्तको रहेको छ, जुन गीत Ncell PRBT मा १ नम्बरमा समेत परेको थियो ।

 यस क्षेत्रमा लागे पछि के पाए अथवा के गुमाए जस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर खासमा गुमाएको त केही पनि छैन कमाउन चाहिँ दर्शक को माया, नाम कमाउने हो धन कमाउन त समय लाग्छ हा.हाहा…।

 यदि तपाईँ यस क्षेत्रमा नभएको भए अहिले के गर्दै हुनुहुन्थ्यो होला?
यो क्षेत्रमा नभएको भए म आफ्नै पढाई सँग मिल्दो जोल्दो जागिर गर्थे होला मैले कम्प्युटर अप्लिकेसनमा ब्याचलर गरेको छु ।

सुरुमा पैसा तिरेर यस क्षेत्रमा आउने पनि धेरै छन् , तपाईँले कति तिर्नु पर्‍यो ?
सुरुमा मैले पनि पैसा खर्चेको हो के कति कस्लाई दिए त्यो नभनौ तर खर्च गरेर मात्र अवसर पाएको मैले पनि ।

 के प्राप्त भएमा यो क्षेत्र छाड्नु हुन्छ ?
सपना त नायक बन्ने छ मुभि पनि गर्दै छु हेरुम के हुन्छ दर्शक श्रोताको माया पाए सम्म ,म यो क्षेत्र छोड्दिन ।

माया पिरतीका कुरा …………..

तपाईँको बिचारमा प्रेम के हो ?

हाहाहा…. हुन्छ, ,मेरो बिचारमा प्रेम दुई आत्माको मिलन हो ।

तपाईँ यस्तो ह्यान्ड्सम देखिनु हुन्छ, केटीहरूले लाइन मार्दैनन् ?
लाइन मार्नेहरू त धेरै छन् नि तर आफूले रोजे जस्तो पाउन सारै गारो सर (अलि लामो हासो संगै)।

भने पछि अहिले सम्म खालि नै हो त ?
उम…….. सर पुरै खाली नि छैन प्याक नि छैन  हा..हाह..हा…

 कस्तो प्रेमिका को चाहाना छ, यो अन्तरवार्ता पढेर कोही आई पो हाल्छन् कि ?
हाहाहाहा ( लामो हासो) मलाई बुझ्ने , मेरो पेसा लाई सम्मान गर्ने माया गर्ने यस्तै यस्तै ..।

सेक्समा प्रेम आवश्यक कि प्रेममा सेक्स ?
सेक्समा प्रेम तथा प्रेममा सेक्स भन्दा पनि प्रेम भए सेक्स सामान्य हो तर सेक्स हुनै पर्छ भन्ने पनि छैन त्यो दुई आत्मामा भर पर्ने कुरा हो सबै सँग होइन जो सँग प्रेम हुन्छ त्यो सँग हुन सक्छ ।

यस क्षेत्रमा आउन चाहानेको लागी तपाईँको सुझाव?
यो क्षेत्रमा आउनेहरुलाई मेरो सुझाव पैसा खर्चेर होइन आफ्नो प्रतिभा लिएर अाउनुहोस अनि अगाडि बढ्नु हुनेछ मिहिनेत गरेपछि सफलता अवश्य मिल्छ ।

अन्त्यमा…...
अन्तिममा मलाई आजसम्म साथ दिने, माया गर्ने सबै दर्शकहरु ,हजुर र हिमाल पोष्टलाई विशेष धन्यवाद । नेपाली गीत सङ्गीतलाई माया गर्दिनोस अब आउने दिनमा पनि यस्तै साथ र सहयोगको आशा राखेको छु ।