नव मोडल शिरिष गौतम र परि जोशीको 'छट्पटी' (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नव मोडल शिरिष गौतम र परि जोशीको ‘छट्पटी’ (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।
कञ्चनपुरका नव मोडल शिरिष गौतमले अभिनय गरि डेब्यु गरेको म्युजिक भिडियो ‘छटपटि’ सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथामा बनाईएको उक्त म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

दिनेश न्यौपानेको शब्द ,संगित तथा स्वरमा सजिएको यस गीतको एजेन्ज किरण कडेलले गरेका हुन ।

निर्देशक जिबि आग्रीले प्रेमीकाले विश्वासघात गरि अर्कैसंग सम्बन्ध गाँसेको कथाबस्तुमा आधारित बनाइएको उक्त म्युजिक भिडियोमा मोडल शिरिष गौतमलाई पत्रकार तथा मोडल हेमन्त न्यौपाने र परि जोशीले अभिनयमा साथ दिएका छन ।

भिडियोको छायांकन तथा सम्पादन निर्देशक रणधिर श्रेष्ठले गरेका हुन् भने मेकप नरेन्द्र एसकेले गरेका छन् ।

इगोसिप ट्विन्टी फो टिभीको युट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको कैलाली र कञ्चनपुरका विभिन्न रमणीय स्थानहरू ड्रोन क्यामराले समेत छायांकन गरिएको छ ।

भिडियो हेर्नुहोस :