'मोडल अफ इरा'को ग्रान्ड फिनालेका लागि ३० प्रतिस्पर्धी छनौट - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

‘मोडल अफ इरा’को ग्रान्ड फिनालेका लागि ३० प्रतिस्पर्धी छनौट



बैसाख, २८ काठमाडौं

 

मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ जना महिला तथा १५ जना पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन् । यो मोडलिङ कन्टेष्टमा प्रतिस्पर्धा गर्ने मोडलहरु यतिबेला प्रशिक्षणमा समेत सक्रिय भएका छन् ।

मोडल अफ इराका प्रतिस्पर्धिहरुलाई कोरिग्राफरद्वय सनिश शाक्य तथा सोनी खड्काले प्रशिक्षण दिइरहेका छन् । शाक्य म्यानहन्ट इन्टरनेशनल–२०१२ का विजेता हुन् भने खड्का सुपर मोडल इन्टरनेशनल–२०१५ की विजेता हुन् ।

आयोजक संस्थाका प्रमुख लभिन अन्सारीका अनुसार जेठ १५ गते सोमबार यो प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न हुनेछ । विजेतालाई नगद पुरस्कारका साथै एभरेष्ट फिल्म एकेडेमीको तर्फबाट छात्रवृत्तिसहित मोडलिङका विभिन्न अवसरहरु प्रदान गरिनेछ ।