मोडलिङमा जम्दै कैलालीका युवा गजेन्द्र रिजाल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोडलिङमा जम्दै कैलालीका युवा गजेन्द्र रिजाल



बिशाल पाण्डेय / कैलाली ।
पछिल्लो समय निकै चर्चा कमाउन सफल रहेका मोडल हुन गजेन्द्र रिजाल । २०४९ सालमा बुवा मनिराम रिजाल तथा आमा सरस्वती रिजालको कोखबाट कैलालीको लम्कीमा जन्म भएको गजेन्द्रको सानै देखी कलाकारिता क्षेत्रमा रुची रहेको थियो ।

कलाकारिता क्षेत्रमा सानै देखि रुचि भएपनी ०७४ सालमा काठमाडौं छिरेर मात्र आफ्नो रुचि पुरा गरे गजेन्द्रले । एक साल यता बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्दा गर्दै हिजो आज निकै बेस्त देखिन्छन उनि । ५ फुट ६ इन्च उचाई भएका गजेन्द्रको शरिर पनि आकर्षक रहेको छ । म्युजिक भिडियोहरुमा मोडलको रुपमा अभिनय गर्न व्यस्त रहेका गजेन्द्र दिनप्रति दिन चर्चा बटुल्न समेत सफल भएका छन ।

दिनेश बजगाइ र टीका पुनको गायनमा रहेको  ‘बोली सारै मिठो` बोलको गीतमा अभिनय गरि सांगेतिक  क्षेत्रमा पाइला टेकेको गजेन्द्रले बताए । दोस्रोपटक उनले सोनु संगित परियार र सपना शाहीको गायनमा `टिकापुर अत्तरिया´ बोलको गितमा अभिनय गरि चर्चा बटुल्दै गए । सांगेतिक क्षेत्रमा अघि बढ्ने क्रममा  आफ्नै शब्दमा मेगजन कडायत र सानू सुर्खालीको गायनमा रहेको  ‘भमरा’ बोलको गीतमा मोडलको रुपमा अभिनय गरेका गजेन्द्रको गीत तथा म्युजिक भिडियोले बजारमा राम्रै चर्चा पाएको थियो ।

मोडलिङ क्षेत्रमा जम्दै गरेका गजेन्द्रले अब छिट्टै अन्य लोक तथा आधुनिक गीतहरु बजारमा आउने तरखरमा रहेको बताए । छोटो अवधिमै ३ वटा गीतहरुमा अभिनय गरिसकेका गजेन्द्रले आगामी दिनमा कलाकारिता क्षेत्रमा समेत हाम फाल्ने चाहना रहेको हिमाल पोस्टलाई बताए । उनले भने, “कलाकारिता क्षेत्रमै भविष्य बनाउने योजना रहेको छ ।”  खेलकुद र कलाकारितामा रुची भएतापनि कलाकारिता लाई नै प्राथमिकता दिएको उनले हिमाल पोस्टलाई बताए ।

गजेन्द्र रिजालको अभिनय रहेको भिडियो हेर्न तलको लिन्कमा जानुहोस :