मोडल दुर्गेश थापाकी छोरी अपहरण पछि हत्या (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मोडल दुर्गेश थापाकी छोरी अपहरण पछि हत्या (भिडियो सहित)



समीर प्रकाश पाण्डे/

अाफ्नो सन्तानको माया कस्लाई हुदैन होला र अाफ्नो छोरीको अपहरण हुदा मोडल दुर्गेश थापा कि श्रीमतीलाई फोन गरी अपहरणकारीले तिम्रो छोरी हामीले अपहरण गरेकाछौ  यदि छोरी चाहिन्छ भने पैसा लिएर अाईजा भन्दा दुर्गेश थापाले हामी सच्चा सिपाहि हौ । म बचाउछु मेरो छोरीलाई भन्दै अन्धोपन देखाउनाले उनकी छोरीको हत्या भयो  ।तर यो दुर्गेश थापाको रियल लाईफमा भने हैन लोक दोहोरी गायक मौसम गुरुङको लोक दोहोरी गीत ‘अन्धोपन’ को भिडियोमा यो दृश्य देख्न सकिन्छ ।

गीत केहि दिन अगाडि सार्वजनिक भए लगत्तै निकै चर्चा पाएको छ । चर्चित गयीका बिष्णु माझि र मौसम गुरुङको सुमधुर स्वर रहेका उक्त गीतमा केशब घिमिरेको शब्द र चर्चित सर्जक ओम छिनालको लय रहेको छ। प्रहरी भूमिकामा मोडेल दुर्गेश थापा र प्रहरीकै भूमिकामा उनकी श्रीमती बनेर संचिता ठकुरीले उनलाई साथ दिएकी छिन।

अर्जुन तिवारीको छायाङ्कन र क्रान्ति के.सीको सम्पादन रहेको उक्त गीतको भिडियो निर्देशन पनि क्रान्ति के.सी.ले नै गरेका हुन्। गीतलाई सितल सिजन डिजीटल प्रा.लि.ले बजार ब्यवस्थापन गरेको छ ।