चर्चित पोर्नस्टार मिया खलीफाले विबाह गर्दै ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चर्चित पोर्नस्टार मिया खलीफाले विबाह गर्दै !



जेन्सी । चर्चित पोर्नस्टार मिया खलीफाले आफ्नो प्रेमी रोवर्ट स्याण्डवर्गसँग लगनगाँठो कसेको खबर समाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

उनको यो घोषणाले उनका धेरै प्रशंसकहरु अचम्मितमा परेका छन् । धेरैले मियाले विवाह गर्ने घोषणा गरेकी व्यक्तिबारे जिज्ञासा राखिरहेका छन् ।

मियासँग विवाह गर्न लागेका रोवर्ट पेसाले सेफ हुन् । रोवर्टलाई सानैदेखि खाना बनाउने रुची थियो । उनको समाजिक सञ्जालमा खाना पकाइरहेका कयैन तस्बिरहरु देख्न सकिन्छ । रोवर्टको खाना पकाउने सीपको लागि पुरस्कार पनि पाएको बताइन्छ ।

रोवर्ट र मिया लामो समयदेखि डेट गरिरहेका थिए । दुवैले एकअर्कालाई स्वीकार गरेको बताएका छन् । दुवैले समाजिक सञ्जालमा एक अर्कासँग आत्मिय रुपले खिचाएका तस्विरहरु पोस्ट गर्ने गर्छन् ।

रोवर्टले समाजिक सञ्जालमा सिकागोमा डिनरमा गएको बेला मियालाई विवाहको प्रस्ताव राखेको लेखेका छन् । मिया लेबनानमा जन्मिएकी अरबी मुलकी अमेरिकी नागरिक हुन् । सन् १९९३ मा जन्मिएकी मिया सन् २००१ मा अमेरिका सरेकी थिइन् ।

हिजाब लगाएर फिल्माकंन गरिएका पोर्न भिडियोहरुमा इन्टरनेटमा आएपछि उनको विश्वव्यापी रुपमा चर्चा भएको थियो ।

उनले भने आफू सन् २०१४ को अन्त्य र सन् २०१५ को प्रारम्भका तीन महिनामात्र वयस्क भिडियोमा खेलेको बताएकी छिन् । त्यसपछि सामान्य जीवनमा फर्किएको उनको दावी छ ।

उनको कार्यप्रति क्रुद्ध हुँदै लेबनानमा रहेका उनका अभिभावकले उनीसँग सम्बन्ध टुटाएका थिए । साथै उनी पोर्नमा सक्रिय हुँदाका दिन इराक र सिरियामा बलियो पकड बनाएको आइएसले मुसलमानहरुको अपमान गरेको भन्दै उनलाई मार्ने धम्की दिएको थियो ।