मिति सरेपनी सेलाएन निर्वाचनको माहोल, घर घरमा मतमाग्दै एमाले । - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

मिति सरेपनी सेलाएन निर्वाचनको माहोल, घर घरमा मतमाग्दै एमाले ।



कमल बिस्ट (जेस्ठ १९)

सरकारले निर्वाचनको मिति पटक पटक सार्दा आम साधारणमा निर्वाचन हुने नहुने अन्योलता बढेपनी उमेदवारहरु भने आफ्नो प्रचार प्रसारको गतिबिधिलाइ तिब्रता दिएका छन ।

एसै क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ बाट नेकपा एमालेको तर्फबाट उमेदवारि पाएका उमेदवार हरुपनी घरदैलोमा ब्यस्त देखिएका छन, मतदाता सामु आफ्नो चुनाबी प्रतिबद्धता सहित सन्धिखर्क बजार क्षेत्रमा घरदैलो कार्यक्रममा सम्छिप्त प्रतिक्रिया दिदै एमालेको तर्फबाट सन्धिखर्क वडा नम्बर १ बाट अध्यक्षका उम्मेद्बारी पाएका युवराज बन्जाडेले “पहिलो चरणको निर्वाचनमै जनताले एमालेप्रती अपार बिश्वास देखाएको र सन्धैखर्कमा पनि स्थानीय प्रतिबद्धता सार्बजनिक गरि बिकासको लागि स्मार्ट सिटिको स्पस्ट खाका लिएर एमाले जनता सामु गएकोले त्यस्लाइ पूरा गर्न पनि आफुहरुलाई जनताले भारी मतले बिजयी बनाउने दाबी गर्नुभयो ।

नेकपा एमालेले सन्धिखर्क वडा नम्बर १ को लागि उमेदवारको रुपमा अध्यक्षमा युवराज बन्जाडे, सदस्यमा: लक्ष्मण पराजुली, बलबहादुर बिसि, सुमित्रा मुखिया र आशा परियारलाई पठाउने यश अधि नै निर्णय गरेको छ ।

घरदैलो कार्यक्रममा सन्धिखर्क नगरपालिकाको लागि मेयरका उमेदवार कृष्णप्रसाद श्रेष्ठ ,उपमेयरकी उमेदवार ईश्वरा पोख्रेल को समेत उपस्थिति रहेको थियो गरदैलो कार्यक्रममा वडा नम्बर १ का झन्डै दुई हजार छैसठ्ठी घर धुरी मध्य दुई हजार घरमा पुगि सकेको सदस्य पदका उमेदवार लक्ष्मण पराजुलिले जानकारी दिनुभएको छ ।