मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज र अनुजालाई - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज र अनुजालाई



बुटवल,  मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज गुरुङ्ग र अनुजा लाकौलले जितेका छन् ।

एडभेन्ट नेपालको आयोजनामा भएको कार्यक्रमको फस्ट रनरअपमा शिव शंकर न्यौपाने र सुप्रिया शेन ठकुरी बिजयी बनेका छन् । यस्तै सेकेण्ड रनरअपमा सुजन छन्तेल र श्रुति बिश्वकर्मा बिजयी बनेका छन् ।

भ्युवर च्वाईसमा निश्चल गुरुङ्ग र रिता थापा बिजयी बनेका छन् भने अर्गनाईजर च्वाईसमा आयुश केसि र सोफिई पुन बिजयी भएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एडभेन्ट नेपालका अध्यक्ष बिष्णु ज्ञवाली, मिस लुम्बिनी २०१७ खुस्बु क्षेत्री लगायतले बोलेका थिए ।

बेष्ट वाल्कक आयुष केसि,श्रुति बिश्वकर्मा र अञ्जली केसि, मोस्ट ट्यालेन्टमा सुजल सुनार र खुशि पुन, मिस्टर एण्ड मिस मल्टीमिडियामा निश्चल गुरुङ्ग, एलिना गुरुङ्ग, बेस्ट प्रस्नालीटी सुरज गुरुङ्ग र श्रुति मल्ल, मोस्ट कन्फीडेन्टमा शिव शंकर न्यौपाने र रोशनी बश्याल , मिसटर एण्ड मिस पपुलर अवार्डमा निर्माल भट्टराई र अञ्जली शाही, बेस्ट प्रफमेन्स सुदिक्षा सापकोटा र शुजन छन्त्याल र बेस्ट फोटोजेनीक सुजन छन्त्याल र श्रुति बिश्वकर्मा बिजयी भएका छन् ।

लुम्बिनी अञ्चलका बिभिन्न स्थानका एसईई दिएका बिद्यार्थीहरुले सहभागीता जनाएको कार्यक्रमको कोरियोग्राफर रेशम न्यौपाने हुन् भने ड्रेस डिजाईनर नेभारा बुटिक रहेको थियो ।